२२ कार्तिक २०८३, आइतबार

आज के–के निर्णय गर्दैछ कांग्रेसले ?, कार्यसमिति बैठक सानेपामा बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-meetingकाठमाडौं, १९ कात्तिक । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्नो १३औँ महाधिवेशनका विषय निर्णय गर्दै आफ्ना जारी केन्द्रीय कार्यसमितिको बैठक समापन गर्दैछ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालय बस्ने बैठकमा धारणा राख्न बाँकी सदस्यहरूले बोलेर सकेपछि निर्णय गरिने केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले जानकारी दिनुभयो ।

उहाँले मुलुकको पछिल्लो राजनीतिक अवस्था, मधेस आन्दोलन, आपूर्ति व्यवस्था र पार्टीको १३औँ महाविधेशनका विषयमा निर्णय गर्ने बताउनु भयो ।

कांग्रेसले मुलुकको समस्या राजनीतिक रुपमा सधान गर्नका लागि आफू जिम्मेवार रहेको जनाउँदै आएको छ ।

भोलि शुक्रबार कांग्रेस सभपाति सुशील कोइराला अमेरिका उपचारका लागि जाने कार्यक्रम रहेकाले पनि बैठक आजै सक्नु पर्ने बाध्यता छ ।

बैठक एघार बजेपछि बस्ने केन्द्रीय सदस्य चौधरीले जानकारी दिनु भयो ।