२२ कार्तिक २०८३, आइतबार

कमल थापाले राष्ट्र संघमा भारतीय नाकाबन्दीको किन बचाउ गरे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal Thapaकाठमाडौं, १९ कात्तिक । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले वर्तमान सरकारले आपूर्ति व्यवस्थालाई सहज बनाउन पनि नसक्ने र भारतीय पक्षले नाकाबन्दी लगाएको भनेर पनि भन्न नसक्ने दोधार नीतिमा रहेको आरोप लगाउनु भएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष बैद्यले सरकारले उपयुक्त निर्णय गर्न नसक्दा जनताले दुःख पाएको बताउनु भयो ।

उहाँले तिहार र छठसम्म आपूर्ति व्यवस्था सहज नभए माओवादीले सरकारलाई दवाव दिने बताउनु भयो ।

संयुक्त राष्ट्र संघमा नेपालले नाकाबन्दीका विषयमा कुरा नउठाएकोमा अध्यक्ष बैद्यले आक्रोश व्यक्त गर्नु भयो । उहाँले भारतले नेपालमा लगाएको नाकाबन्दीका विषयमा नबोल्नुले केपी ओली सरकार हुतिहार बन्न पुगेको बताउनु भयो ।

‘सरकारले संयुक्त राष्ट्र संघमा नाकाबन्दीका विषयमा एक शब्द पनि बोलेन’, अध्यक्ष बैद्यले भन्नुभयो, ‘भारतीयको दलालहरू मन्त्री भएपछि कसरी नाकाबन्दीका विरुद्ध संयुक्त राष्ट्र संघका कुरा उठ्छ ?’ उहाँले ओली सरकारले नाकाबन्दीका विषयमा कुनै ठोस निर्णय गर्न नसक्ने बताउनु भयो ।

मुलुकको प्रतिनिधित्व गरेर राष्ट्र संघ पुगेका परराष्ट्रमन्त्री कमल थापाले नाकाबन्दी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध कहिल्यै पनि बोल्न नसक्ने अध्यक्ष बैद्यको आरोप थियो ।

‘भारतले अन्तर्राष्ट्रिय कानुन र सन्धी विपरित नाकाबन्दी लगाउँदा पनि सरकारले अन्तर्राष्ट्रिय फोरममा बोल्न सकेन’, उहाँले भन्नुभयो, ‘यो सरकार नेपाली जनताको हो की भारतीयको हो ? प्रश्न उठेको छ ।’

यस्तै अवस्था रहे जनताको धैर्यताको बाँध टुट्ने र सडक आन्दोलन गर्ने अध्यक्ष बैद्यले चेतावनी दिनु भयो । जनताको धैर्यता टुट्यो भने ओली सरकारले केही गर्न नसक्ने उहाँले चेतावनी छ ।