२२ कार्तिक २०८३, आइतबार

प्रमुख प्रतिपक्ष कांग्रेससहित बालुवाटारमा पहिलोपटक तीन दलको बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baluwatar-Three-Party-Meetingकाठमाडौँ, १८ कात्तिक । नयाँ सरकार बनेपछि राजनीतिक समस्या समाधानबारे आज पहिलो पटक प्रमुख तीन दलका शीर्ष नेताको बैठक भएको छ ।

तराई-मधेसमा मधेस केन्द्रित दलको जारी आन्दोलन र ती दलका मागका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले), प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र एनेकपा माओवादीका नेताबीच बैठक चलिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली गत असोज २४ गते निर्वाचित भएपछि प्रमुख प्रतिपक्षी काँग्रेससहितका नेताको यो पहिलो संयुक्त बैठक हो ।

बैठकमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल र कानुनमन्त्री अग्नि खरेल, काँगे्रसका सभापति सुशील कोइराला, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र काँग्रस उपसभापति रामचन्द्र पौडेल सहभागी हुनुहुन्छ ।

नयाँ संविधानमा मधेस केन्द्रित दलका माग सम्बोधनका लागि संविधान संशोधनजस्ता विषयमा राजनीतिक सहमति भएमा दुई तिहाइ मत चाहिने र त्यसका लागि प्रमुख तीन दलको सहमति अत्यावश्यक हुने भएकाले सो छलफल भएको ठानिएको छ । रासस