२२ कार्तिक २०८३, आइतबार

नाकाबन्दी र आपूर्ति व्यवस्था सहज बनाउन मन्त्रिपरिषदको बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simha_Durbar_Gateकाठमाडौं, १८ कात्तिक । मुलुकमा देखिएको आपूर्ति व्यवस्था सहज बनाउने विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।

अहिले केही समयपछि सिंहदरबारस्थित मन्त्रिपरिषदको कार्यालयमा बस्ने बैठकमा मुलुकभरिको आपूर्ति व्यवस्थाका विषयमा छलफल हुनेछ ।

भारतले लगाएको अघोषित नाकाबन्दीपछि मुलुकभरि आपूर्ति व्यवस्थामा कठिनाइ भएको छ ।

दैनिक उपभोग्य वस्तु पनि अभाव हुन थालेको छ । सरकारले यस विषयमा छलफल गरी बैकल्पीक व्यवस्थाका लागि पहल गर्नेछ ।

त्यसै गरी बैठकमा मन्त्रालयहरूका नियमित एजेन्डा र मुलुकको समग्र विषयमा छलफल हुने बुझिएको छ ।