काठमाडौं, १८ कात्तिक । युरोप–अमेरिकाबाट पहाडे जनजातिले बुद्ध धर्मको नाममा खोलेको संस्थामा लाखौँ डलर ओइरिने, त्यो पैसा नेपाली रकममा परिणत गरी किस्ताबन्दीका हिसाबले तराईवासीको नाममा निकास हुने, मधेस आन्दोलनले तोको ठाउँमा उक्त संस्थाको साधारणसभा बस्ने, त्यसैमा सहभागिता जनाउने व्यक्तिलाई लगत्तै गठिन सरकारमा हत् न पत्त बिनाविभागीय मन्त्री तोक्ने अचम्मको घटना सप्रमाण प्रकट भएको छ ।
पैसाको साइनो यति रहस्यमय कि त्यसले छिमेकी राष्ट्र टुक्र्याउने कार्यलाई समेत मलजल गर्दै गरेको प्रमाण भेटिएको छ ।
उक्त संस्थाले तयार पारेको ३ महिने कार्ययोजनामा छिमेकी राष्ट्रबाट एउटा भाग चोइट्उनका निम्ति केही शरणार्थीले जारी राखेको आन्दोलनलाई सघाउन आत्मदाहसम्मको कार्यक्रम निर्धारित गर्ने र त्यसको लागि दीर्घरोगी बिरामीलाई तयारी अवस्थामा राख्ने समेत किटानी गरिएको छ ।
एकातिर दक्षिणको छिमेकी भारत मधेसका मान्छेको मन दुखाएको भन्दै काठमाडौं केन्द्रित सत्ताविरुद्ध नाकाबन्दीमा महिनौदेखि उत्रिएको छ भने सोको उपजस्वरुप इन्धन, ग्यास र औषधिको अभावमा तड्पिएका नेपालीलाई थोरैमात्र भए पनि राहत उपलब्ध गराउन कस्सिएको उत्तरी छिमेकी चीनलाई यस्ता गतिविधिले सशंकित गराउने निश्चित छ ।
सधैँ उपद्य्राह गतिविधि गरेर चर्चामा आइरहने विश्वेन्द्र पासवान त्यस्ता पात्र हुन्, जसको चीनविरोधी गतिविधिमा संलग्ना पुष्टि हुने निर्णय पुस्तिका फेला परेको जनआस्था साप्ताहिकले छापेको छ ।
अमेरिका र युरोपलगायतका मुलुकबाट नियमित सहयोग बटुल्दै आएको बुद्धिष्ट जनअधिकार मञ्चसँग उनको शिेष संलग्नता रहेछ । यही संस्थाको विशेष साधारणसभा असोज १६ गते राजविराजमा सम्पन्न भएको थियो ।
अचम्म त के भने उक्त संस्थाको नाममा प्रभु बैंकको खाता ००१११६००६६१३६८००००० मा डलर आउने महासचिव अमरकान्त चौधरीले खुरुखुरु रकम निकाल्ने काम हुँदै आएको बैंक स्टेटमेन्टबाट देखिन्छ ।















प्रतिक्रिया