२२ कार्तिक २०८३, आइतबार

४५ जना केन्द्रीय नेताले एकसाथ पार्टी छाडेपछि लाजिम्पाटमा यसरी जंगिए प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal Dahal Prachandकाठमाडौं, १७ कात्तिक । एकैदिन ४५ जना केन्द्रीय सदस्यले पार्टी छाडेपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कडा प्रतिक्रिया जनाएका छन् ।

प्रचण्डले राष्ट्रियता संकटमा परेका बेला पूर्व नेता बाबुराम भट्टराईको उक्साहटमा पार्टी छाडेर नेताहरुले पार्टी र देशप्रतिको गम्भीर विश्वासघात गरेको आरोप लगाएका हुन् । आफ्नो निवास लाजिम्पाट आफू निकट नेतालाई बोलाएर प्रचण्ड निकै आक्रोशित मुद्रामा देखिएको एमाओवादीका एक नेताले जनाए ।

‘राष्ट्रियता संकटमा परेको बेला पार्टीका नेताहरुले असहमतिका बुँदा राखेर राजीनामा दिनुभएको छ । यो पार्टी र देशप्रति गम्भीर विश्वासघात हो,’ लाजिम्पाटमा गर्जिदै प्रचण्डले भनेको ती नेताले बताए ।

यस्तै, प्रचण्ड पार्टीबाट राजीनामा गरेका नेताहरुमाथि कडा भन्दा कडा कारवाही गर्ने मनस्थितीमा पुगेका छन् । त्यसका लागि बुधबार विहान स्थायी समिति बैठक डाँकिएको छ । कस्तो कारवाही गर्ने भन्ने विषयमा स्थायी समितिको बैठकले निर्णय गर्ने स्रोतले बतायो ।

यसअघि पार्टी परित्याग गरेका डा.बाबुराम भट्टराईको नयाँ शक्तिमा सामेल हुन एमाओवादी नेता देवेन्द्र पौडेलसहितका ४५ केन्द्रीय नेताले सामुहिक राजीनामा बुझाएका थिए ।