१ कार्तिक २०८३, शनिबार

आईएमई र सनराईज बैंकबीच रेमिट्यान्स सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IME Photo copyकाठमाडौं, १७ कात्तिक । आईएमई लिमिटेड र सनराईज बैंक लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ ।

आईएमई लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सनराईज बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार आईएमईका सेवाग्राहीले आईएमईको विश्वव्यापी संजालबाट आप्रवाह हुने विप्रेषण सनराईज बैंक लिमिटेडका ५२ शाखा मार्फत् भुक्तानी लिन एवम् ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा संचालित आन्तरिक विप्रेषण सेवा समेत प्राप्त गर्न सक्नेछन् ।

महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआईपी) सम्मान २०१४ प्राप्त नेपालको नम्बर १ रेमिट्यान्स कम्पनी आईएमईले सेवा शुभारम्भको १४औँ वर्षसम्ममा नेपाल अधिराज्यका प्रमुख शहर तथा शहरोन्मुख ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ४ हजार भन्दा बढी एजेन्ट/सब–एजेन्ट, १३५ आईएमई सेन्टर र विभिन्न बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षिततवरबाट वितरण गर्दै आईरहेको छ ।