काठमाडौं, १७ कात्तिक । सत्तारुढ दल एकीकृत माओवादीबाट झण्डै दुई दर्जन बढी केन्द्रीय नेतारूले पार्टी परित्यागको घोषणा गरेका छन् ।
बाबुराम भट्टराई निकट मानिने ४५ केन्द्रीय नेताहरूले एमाओवादी परित्यागको घोषणा गरेका हुन् । बाबुराम पक्षका प्रमुख नेता देवेन्द्र पौडेलको नेतृत्वमा गएको नेताहरुको टोलीले पार्टी कार्यालयमा पुगेर राजीनामा बुझाएका छन् ।
यसरी एमाओवादी परित्याग गर्नेमा देबेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा, वामदेव क्षेत्री, महेन्द्र पासवान, भक्तबहादुर शाह, गंगा श्रेष्ठ, कुमार पौडेल, रामरिझन यादव, प्रभु साह, खिमलाल देवकोटालगायत ४५ भन्दा बढी नेता रहेका छन् ।
एमाओवादीबाट अलग भएको घोषणा गरेका भट्टराईले नयाँ शक्ति गठनका लागि अन्तिम तयारी गर्नु भएको छ । उहाँले छिट्टै नयाँ पार्टी घोषणा गर्ने जनाइएको छ ।












प्रतिक्रिया