६ कार्तिक २०८३, शुक्रबार

मधेस आन्दोलनमा पैसा तिरेर भारतीय नागरिक सडकमा उतारेको खुलासा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १७ कात्तिक । प्रहरीले बल प्रयोग गर्दा सोमबार बिहानदेखि वीरगन्ज फेरि तनावग्रस्त भएको छ । प्रदर्शनकारी सधैँझैँ पालमुनी ढुक्कले सुतेका थिए ।

पालमुनी करिब १५ जनामात्र थिए, तर प्रहरीले योजनाबद्ध रूपमा कारबाही गर्दा करिब १० जना भारततिर भागेका थिए भने पाँचजनालाई प्रहरीले गिरफ्तार गरेको थियो ।

गिरफ्तारमध्ये पनि दुईजना भारतीय भएको प्रहरीले जनाएको छ । गृहमन्त्रालयका अनुसार ६० वर्षीय महमद जमरुदिन र समद अन्सारी बिहार मोतीहारीका हुन् ।
पैसा पाइने भनेर आफूहरूलाई आन्दोलनमा बोलाइएको उनीहरूले प्रहरीलाई बताएका छन् । नयाँपत्रिका दैनिकमा समाचार छ ।