काठमाडौं, १७ कात्तिक । मुलुकको पछिल्लो राजनीतिक अवस्था र १३औँ महाधिवेशनका विषयमा छलफल गर्न जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा धारणा राख्न बाँकी केन्द्रीय सदस्य बोल्ने छन् ।
केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले सकेसम्म आज सबै सदस्यले धारणा राखेपछि सभापति सुशील कोइरालाले जवाफ दिएर बैठक सक्नेत तयारी रहेको बताउनु भयो ।
‘बैठकमा बोल्न अझैँ धेरै केन्द्रीय सदस्य बाँकी हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘सम्भवत आज सबैले बोरेर सक्नु हुनेछ ।’
बैठकमा राष्ट्रपति र प्रधानमन्त्री निर्वाचनमा पार्टीले व्यहोरेको हारको समीक्षा र नेपालको संविधान २०७२ कांग्रेसको नेतृत्वमा जारी भएका विषयमा केन्द्रित भइ छलफल चलेको छ । बैठक एघार बजेपछि बस्नेछ ।
यसअघि सोमबार बसेको बैठकमा सभापति कोइराला, नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह के.सी., पूर्णबहादुर खड्का, प्रकाशशरण महत, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, पदमनारायण चौधरी, अर्जुनप्रसाद जोशी, जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली, चन्द्र भण्डारी, धनराज गुरुङ, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, मीन विश्वकर्मा, गगनकुमार थापा र प्रदीप पौडेलले आ–आफ्नो धारणा राख्नु भएको थियो ।












प्रतिक्रिया