काठमाडौं, १७ कात्तिक । मधेस आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीले जनजीवन अस्तव्यस्त भइरहेका वेला सरकार सञ्चालनको गति भने सुस्त देखिएको छ प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार विस्तारमा ढिलाइ मात्र भएको छैन, पछिल्लो १५ दिनदेखि मन्त्रिपरिषद्को बैठकसमेत बस्न सकेको छैन ।
एमाले स्थायी समितिको सोमबार बसेको बैठकले मन्त्रिपरिषद् विस्तारबारे छलफल नै नगरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
‘बैठकको एउटा एजेन्डा मन्त्रीको टुंगो लगाउने पनि थियो, तर त्यो विषयमा प्रवेश नै गरिएन, पछिल्लो राजनीतिक अवस्थाबारे मात्र छलफल भयो,’ प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने ।
भारतसँग तनाव बढिरहेको वेलामा परराष्ट्रमन्त्री कमल थापा भने सोमबार स्विट्जरल्यान्डतिर उडेका छन् ।
उनी मधेसी मोर्चासाग वार्ता गर्न गठित सरकारी टोलीका संयोजक पनि हुन् ।
उनी २० कात्तिकमा स्वदेश फर्किने कार्यक्रम छ । उनले ह्युमेन राइट्स काउन्सिल अन युनिभर्सल पिरियोडिक रिभ्यु नामक बैठकमा सहभागिता जनाउनेछन् ।















प्रतिक्रिया