
काठमाडौं, १६ कात्तिक । मन्त्री चयन गर्न बसेको प्रमुख सत्तारुढ दल नेकपा (एमाले)को स्थायी समितिमा शीर्ष नेताहरूले मन्त्रीको सूची पेश गरेपछि बैठक बिनाकुनै निष्कर्ष सक्किएको छ ।
प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा सोमबार बेलुका बसेको बैठकमा प्रमुख नेताहरूले आ–आफू निकट नेताहरूको नाम मन्त्री बन्नका लागि सूची पेश गरेपछि बैठक बिनाकुनै निष्कर्ष स्थगित भएको हो ।
स्रोतका अनुसार अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओली समक्ष वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले मन्त्री बन्ने नेताहरूको सूची पेश गर्नुभएको थियो ।
सूची लामो भएपछि क–कसलाई मन्त्री नियुक्त गर्ने भन्ने विषयमा विवाद भएको हो ।
एमालेभित्र मन्त्री बन्ने आकंक्षीहरूको सूची लामो भएपछि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । साथै शपथ लिएका मन्त्रीले पनि विवादकै कारण मन्त्रालयको जिम्मेवारी पाउन सकेका छैनन् ।












प्रतिक्रिया