१ कार्तिक २०८३, शनिबार

सिन्धुपाल्चोकमा पैंसठ्ठी केजी सुन फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldमेलम्ची, १६ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले गत वर्ष ६५ केजी छ तोला २९ लाल सुन बरामद गरेको छ ।

जिल्लाका विभिन्न प्रहरी जाँचचौकीबाट उक्त सुन बरामद गरिएको हो । विभिन्न मितिमा विभिन्न व्यक्तिद्वारा शरीरलगायत विभिन्न सवारीसाधनबाट लुकाइछिपाई तातोपानी नाकाबाट बाह्रबिसे, पाँचखाल हुँदै काठमाडौँ ल्याउने क्रममा तातोपानी, जलवीरे र बाह्रबिसे प्रहरी जाँचचौकीबाट रु २९ करोड १६ लाख २७ हजार १८५ मूल्य बराबरको सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

तस्करले प्रायःजसो आफ्नो शरीर, तरकारीको बोरा र टायरमा लुकाइछिपाई लाने क्रममा सुन फेला पार्ने गरेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मञ्जिल मुकारुङले बताउनुभयो । रासस