२२ कार्तिक २०८३, आइतबार

दुई मन्त्रालयमा एमाले, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकबीच विवाद, आ-आफ्नै दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PHOTO: BALKRISHNA THAPA CHHETRI

काठमाडौँ, १६ कात्तिक । नेकपा(एमाले) स्थायी कमिटीको आज बस्ने बैठकमा विकसित राजनीतिक परिस्थिति र समसामयिक विषय, सरकारका काम र मन्त्रिमण्डल विस्तारबारे छलफल हुने भएको छ ।

एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा अपराह्न ४ बजे बस्ने बैठकमा मन्त्रिमण्डल विस्तारको निर्णय लगभग टुङ्गिने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबारे एमाले र मधेसी जनअधिकार फोरम नेपाल( लोकतान्त्रिक) तथा सङ्घीय मामिला तथा स्थानीय निकाय मन्त्रालय बारेमा एमाले र राप्रपा नेपालले आआफ्नो दाबी गरेको स्रोतले जनाएको छ । रासस