१ कार्तिक २०८३, शनिबार

भन्सार एजेन्ट साहलाई १६ लाख जरिवाना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Paisa-Curancyमोरङ, १६ कात्तिक । विराटनगर भन्सार कार्यालयबाट राजस्व छलेको आरोपमा भन्सार एजेन्ट गुलाव साहलाई राजस्व अनुसन्धान कार्यालय इटहरीले आइतबार साँझ १६ लाख सात हजार जरिवाना गरी कारबाही गरेको छ ।

करिब दुई हप्ता अगाडि भन्सार एजेन्ट गुलावका छोरा मन्टु साहद्वारा आयात गरिएको हार्डवेयरको सामानसहित एक ट्रक जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको थियो । त्यस क्रममा राजस्व छलेको पाइएपछि सो जरिवाना गरिएको हो ।

कार्यालय प्रमुख गौरीशङ्कर उपाध्यायका अनुसार सो ट्रकमा हार्डवेयर, शौचालयका धारा पाइप, बेसिनका फलाम सामग्री, त्रिपाल र प्लास्टिकका सामान रहेको बताइएको छ ।

विराटनगर भन्सारबाट राजस्व छलेको आरोपमा करिब २० लाखभन्दा बढी मूल्य बराबरको हार्डवेयरका सामान भन्सार मूल्याङ्कन कम बुझाएको आशङ्कामा विशेष सुराकीका आधारमा एचआर ७४–१६१६ नंको भारतीय ट्रकमा रहेको सामानसहित जिल्ला प्रहरी कार्यालय मोरङले जफत गरेको थियो ।

जफत गर्ने क्रममा भन्सार एजेन्ट र प्रहरीबीच केहीबेर भनाभन भएपछि प्रहरीले सो सामान छानविनका लागि राजस्व अनुसन्धानको कार्यालय इटहरीमा बुझाएको थियो ।

यसअघि विराटनगरका दुईजना भन्सार जाँचका कर्मचारी राजस्व नलिई सामान छोडेको आरोपमा कारबाहीमा समेत परेको बताइएको छ । रासस