६ कार्तिक २०८३, शुक्रबार

बाबुराम भट्टराईले बल्ल नाकाबन्दीविरुद्ध यसरी मुख खोले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattaraiकाठमाडौं, १६ कात्तिक । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भारतद्वारा जारी नाकाबन्दी अनुचित भएको भन्दै आलोचना गरेका छन् ।

मधेसमा जारी आन्दोलनको निहूमा भारतले झण्डै डेढ महिनादेखि पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक बस्तुहरुको आवागमनमा गरेको नाकाबन्दी नेपालको सार्वभौमिकता र स्वाधीनतामाथि अतिक्रमण भएको उनले बताएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

‘जुनसुकै कारण वा बहानामा भए पनि एउटा भू–परिवेष्ठित मुलुकले पाउनुपर्ने अकुण्ठित पारवहन अधिकार र द्विपक्षीय सम्झौताको उल्लंघन नेपालको स्वाधीनता र सार्वभौमिकतामाथिको अतिक्रमण हो र प्रत्येक स्वाभिमानी नेपालीले एक स्वरले त्यसको विरोध गर्नैपर्दछ,’ राजधानीमा आइतबार आयोजित ‘समकालीन नेपाली राजनीतिका आन्तरिक र बाह्य चुनौतिहरु’ शीर्षक अन्तरक्रियामा लिखित पत्र प्रस्तुत गर्दै भट्टराईले भने, ‘राष्ट्रिय हितको विषयमा राजनीतिक दल र नागरिकहरुको बीचमा जतिसुकै आपसी मतभेद र कटुता भए पनि एउटै साझा धारणा बन्नुपर्दछ, जुन अहिले हुन नसक्नु दुःखद् विषय रहेको छ ।’

भट्टराईले मधेशको आन्दोलन र भारतीय नाकाबन्दीलाई एउटै डालोमा हालेर समस्या सुल्झाउन नसकिने तर्क राखेका छन् ।