२२ कार्तिक २०८३, आइतबार

बाबुराम भट्टराईद्वारा नयाँबानेश्वरमा आज नयाँशक्ति घोषणा गर्ने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattaraiकाठमाडौं, १५ कात्तिक । एकीकृत माओवादी पार्टी परित्याग गरेर एक्लै बस्दै आउनुभएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आज विभिन्न क्षेत्रका व्यक्ति तथा बुद्धिजीवीहरूसँग अन्तरक्रिया गर्दै हुनुहुन्छ ।

काठमाडौंको नयाँबानेश्वरस्थित अफल्फाबिटा हाउसमा भट्टराईले आज अन्तरक्रियाको कार्यक्रम गर्न लाग्नु भएको हो ।

अन्तरक्रियामा पूर्व प्रधानमन्त्री भट्टराईले आफ्नो नयाँशक्ति वा नयाँ दल गठनका विषयमा सबैलाई जानकारी गराउनु हुनेछ । साथै आफूलाई सहयोग गर्नका लागि पनि अपील गर्ने बुझिएको छ ।

दिउँसो एक बजेपछि हुने अन्तरक्रियामा भट्टराईले विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी, पत्रकार, व्यापारी, कर्मचारी, मजदुर, कलाकारलगायतलाई बोलाउनुभएको छ ।

नयाँशक्ति गठनको तयारीमा रहनु भएका पूर्वप्रधानमन्त्री भट्टराईले छिट्टै पार्टी गठन गर्ने उहाँका सहयोगीहरूले बताएका छन् ।

भट्टराईले आफ्नो नयाँशक्तिमा सबै पक्षलाई समेट्ने बताउनुभएको छ । उहाँको नयाँशक्तिको बिचारधारा भने वामपन्थीभन्दा फरक हुन सक्ने बताइएको छ ।