
काठमाडौं, १५ कात्तिक । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज पनि वार्ता हुने भएको छ ।
काठमाडौंको तीन कुनेस्थित संघीय समाजदावी फोरम नेपालको केन्द्रीय कार्यालयमा अपरान्ह चार बजे हुने वार्तामा मधेसी मोर्चाले उठाएका मागका विषयमा छलफल हुनेछ । आजको बैठक सहमतिको नजिक पुग्ने सदस्यहरूले बताएका छन् ।
सरकारी पक्षले मधेसी मोर्चाका मागलाई राजनीतिक सहमति वा संघीय आयोगबाट टुङ्गो लगाउन प्रस्ताव गरे पनि मोर्चाले मानेको छैन ।
मधेसी मोर्चाले संघीय राज्यको सिमाङ्कनका विषयमा जोडदार रुपमा माग उठाउँदै आएको छ । मोर्चाले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र नागरिकताको विषयलाई पनि जोडदार रुपमा उठाउँदै आएको छ ।












प्रतिक्रिया