काठमाडौं, १५ कात्तिक । संघीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।
उहाँले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्नुहुनेछ ।
दिउँसो २ बजे शपथ ग्रहण समारोह तय गरिएको राष्ट्रपतिका सहयोगी सुभाष देवकोटाले जानकारी दिनुभयो ।












प्रतिक्रिया