६ कार्तिक २०८३, शुक्रबार

उपभोक्ताले शनिबार खाना पकाउने ग्यास नपाउनु कसको कमजोरी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gass-Nepaliकाठमाडौं, १५ कात्तिक । पूर्वसहमति अनुसार काठमाडौं उपत्यकामा सञ्चालित दर्जनबढी ग्यास उद्योगले ग्यास भरिएको सिलिण्डर डिलरहरुलाई उपलब्ध नगराउँदा शनिबार ग्यास वितरण हुन नसकेको ग्यास विक्रेता महासंघ नेपालले जनाएको छ ।

कात्तिक १० गते वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरोकारवा पक्षसम्मिलित बैठकले उद्योगहरुले उपत्यकाका करिब ८ सयको संख्यामा रहेका डिलरहरुलाई ७ दशमलव १ किलोग्राम तौल (आधा) सिलिन्डर ग्यास उपलब्ध गराउने सहमति भएको नागरिक दैनिकले छापेको छ ।

उक्त सहमतिअनुसार ग्यास पाउने आशामा विभिन्न उद्योगका सिलिन्डर प्रयोग गर्ने उपभोक्ताले आ–आफ्ना नजिकका डिलरहरुमा सिलिन्डरको लाइन राखे पनि ग्यास पाउन छैनन् ।

‘उद्योगले डिलर मार्फत नै ग्यास बिक्री वितरण गर्ने हो भने उद्योगसँग भएका लाखौं सिलिण्डर तत्काल फिर्ता गर्ने वातावरण मिलाइदिन सरकारसँग जोडदार माग गर्दछौं’, महासंघका निमित्त अध्यक्ष अर्जुनप्रसाद देवकोटाले भने।