– विमल योगी
काठमाडौं, १३ कात्तिक । नेपाल परिवार दलका नेता दयाराम कँडेलले उपराष्ट्रपति पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा तेस्रो नम्बरमा आज मध्याह्न १२ः२० मा उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएका कँडेलले २ घण्टा नबित्दै उम्मेदवारी फिर्ता लिनुभएको हो ।
उम्मेदवारी फिर्ता लिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै कँडेलले उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णय अनुसार एमाओवादीका उम्मेदवार नन्दकिशोर पुन ‘पासाङ’लाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । अब परिवारले दलले पासाङलाई भोट दिने छ ।













प्रतिक्रिया