२२ कार्तिक २०८३, आइतबार

३ घण्टामै अतहर मुसलमानको उम्मेदवारी फिर्ता, उपराष्ट्रपतिमा कांग्रेसका यादवलाई समर्थन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakthar-kumal-musalman-1

काठमाडौं, १३ कात्तिक । स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले उपराष्ट्रपति पदमा दिएको आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

यसअघि उहाँले व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा आज विहान ११ः१५ मा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

उम्मेदवारी दर्ता गराएको ३ घण्टापछि उम्मेदवारी फिर्ता लिँदै मुसलमानले संसद भवनमै पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसलाई समर्थन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– प्रजातान्त्रिक पद्धती अनुसार मैले उम्मेदवारी फिर्ता लिएको हुँ । अब मैले कांग्रेसका उम्मेदवार अमिय यादवलाई समर्थन गरेको छु ।’

कपिलवस्तु जिल्लाको क्षेत्र नं २ बाट स्वतन्त्र रुपमा सांसद निवौचित हुनुभएका मुसलमान विगतमा पनि नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील हुनुहुन्थ्यो ।