२२ कार्तिक २०८३, आइतबार

पासाङले भने- ‘राष्ट्रलाई एकताबद्ध गर्न उपराष्ट्रपतिमा मेरो उम्मेदवारी’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pasangकाठमाडौं, १३ कात्तिक । एकीकृत नेकपा माओवादीका नेता तथा पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ले राष्ट्रलाई एकताबद्ध गर्न उपराष्ट्रपति पदमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपराष्ट्रपति पदका उम्मेदवार पुनले पार्टीको निर्णयअनुसार नै आफू उम्मेदवार बनेको र आफू पूर्णरुपमा विजयी हुने विश्वास व्यक्त गर्नुभयो ।

नयाँ संविधानको सहज कार्यान्वयन र पालना गराउनु आफ्नो प्रमुख दायित्व भएको उल्लेख गर्दै उहाँले मुलुकमा बाँकी रहेका काम र संविधानको संरक्षण गर्न आफ्नो प्रमुख भूमिका रहने बताउनुभयो ।

पुनले भन्नुभयो, ‘‘राष्ट्रलाई एकताबद्ध गरेर सयौँ जातजातिलाई एउटै मालामा समाहित गर्न म प्रतिबद्ध भएर लाग्नेछु, मुलुकको समृद्धिको चाहनालाई पूरा गर्न प्रयत्न रहनेछु ।’’

संसद्मा रहेका सबै दलले एकमतले मतदान गर्ने र विजयी गराउने उहाँको विश्वास थियो । रासस