२२ कार्तिक २०८३, आइतबार

एमाओवादीबाट उपराष्ट्रपतिका उम्मेदवार पासाङलाई अस्वीकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nandakishwor Pun "Pasang"pic taken on sep 2,2006काठमाडौं, १३ कात्तिक । एमाओवादीबाट उपराष्ट्रपतिका लागि उम्मेदवार प्रस्ताव गरिएका पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’लाई सत्तारुढ दलले अस्वीकार गरेका छन् ।

सत्तारुढ गठबन्ध दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा एमाओवादीले पासाङलाई उम्मेदवार बनाउने प्रस्ताव राखेपछि अधिकांश दलहरुले त्यसलाई अस्वीकार गरेको स्रोतले जनाएको छ ।
सत्ता साझेदार दलहरुले उम्मेदवार बनाउने भए तराई मधेसको उत्पीडित जाति वा थारु समुदायलाई प्राथमिकता दिन एमाओवादीलाई आग्रह गरेका थिए ।
बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले पुनलाई उम्मेदवार बनाउने पार्टी निर्णय फिर्ता लिन नसकिने बताए । प्रचण्डको यस्तो भनाईपछि बैठक बिना निष्कर्ष टुंगिएको छ ।
सहमति नभएपनि एमाओवादीले पुनलाई उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गराउने व्यवस्थापिका संसद भवन पठाएको स्रोतको दाबी छ ।