११ कार्तिक २०८३, बुधबार

कर्मचारीलाई उपप्रधानमन्त्री थापाको कडा निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal thapaकाठमाडौँ, १२ कात्तिक । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले राहदानी वितरण प्रणालीलाई आवश्यक सुधार गरी सेवालाई प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

उपप्रधानमन्त्री थापाले आफ्नो मन्त्रालयअन्तर्गत राहदानी विभागको निरीक्षणका क्रममा आज सेवाग्राहीलाई छिटो र सहज ढङ्बाट सेवा उपलब्ध गराउन कर्मचारीलाई आग्रह गर्नुभयो ।

उहाँले जनताको सेवाको भावनालाई केन्द्रमा राखेर कार्य गर्न कर्मचारीलाई निर्देशन गर्दै सबैको साथ सहयोगबाट मन्त्रालयले निरन्तर प्रगति गर्ने अपेक्षा राख्नुभयो ।

विभागका महानिर्देशक लोकबहादुर थापाले परराष्ट्रमन्त्री थापालाई कार्यालयमा भइरहेका गतिविधिका बारेमा जानकारी गराउँदै विगतमा भन्दा अहिले कार्यशैली सुधार भई सेवा चुस्त र छरितो भएको बताउनुभयो । रासस