काठमाडौं, १२ कात्तिक । मधेसमा आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच वार्ता सुरु भएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा चलिरहेको वार्तामा मधेसी मोर्चाका जायज मागहरु सम्बोधनका सम्बन्धमा सरकारले आज लिखित प्रतिबद्धता जनाउने भएको छ ।
सरकारी वार्ता टोलीका संयोजक एवं उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले मधेसका जायज मागका सम्बोन्धनका लागि सरकारले लिखित प्रतिबद्धतासहित हस्ताक्षर गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘मधेसी मोर्चाका साथीहरुले मान्नुभयो भने आजै वार्ता हुन्छ ।’ वार्तामा मोर्चाले प्रस्तुत गरेका मागहरूका विषयमा र यसअघि सरकारसँग भएका सहमति कार्यान्वयनको विषयमा अहिले छलफल चलिरहेको छ ।
यसअघि सत्तारुढ गठबन्धको उच्चस्तरीय राजनीतिक संयन्त्रले मधेसी मोर्चासँग यसअघि भएका सहमति कार्यान्वयनमा लिखित प्रतिबद्धता जनाउने निर्णय गरिसकेको छ । जसले आजको वार्ताले सरकारले लिखित प्रतिबद्धता जनाएसँगै मधेसी मोर्चा सहमतिमा आउने सम्भावना छ ।












प्रतिक्रिया