२२ कार्तिक २०८३, आइतबार

नवनिर्वाचित राष्ट्रपति विद्यालाई अमेरिकाले के भन्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

obamaकाठमाडौं, १२ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्त राज्य अमेरिकाले कार्यकाल सफलताको कामना गर्दै बधाइ तथा शुभकामना दिएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएकै दिन बुधबार राष्ट्रपति बराक ओबामाको बधाई तथा शुभकामना सन्देश सुनाउँदै अमेरिकी विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जन कर्बीले नेपालको एकता, समृद्धि र स्थायित्वका लागि अमेरिकाले सहकार्य गर्ने बताउनुभयो ।

‘हामी राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग नेपालको एकता, समृद्धि र स्थायित्वका लागि काम गर्न तत्पर छौं । हामी नेपाली जनतासँग काँधमा काँध मिलाएर प्रजातन्त्र र भूकम्पपछिको पुनः निर्माणका लागि अघि बढ्न तयार छौं,’ प्रवक्ता कर्बीले भन्नुभएको छ ।