१ कार्तिक २०८३, शनिबार

बढी भाडा लिने सवारीसाधनलाई कारबाही, भाडा फिर्ता गराइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bus ma Yatraवालिङ, ११ कात्तिक । चाडपर्वका बेलामा सार्वजनिक सवारीसाधनले यात्रुबाट चर्को भाडा असुल्ने गरेको गुनासो आएपछि प्रहरीले बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरी भाडा फिर्ता गराएको छ ।

“सर्वसाधारणको गुनासो आउन थालेपछि हामीले सिद्धार्थ राजमार्गका विभिन्न भागमा छड्के जाँच गरेर सार्वजनिक सवारीसाधनले लिने गरेको बढी भाडा फिर्ता गराउने गरेका छौँ”, स्याङ्जाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार बैदावारले भन्नुभयो, “प्रत्येक सवारीसाधनमा नयाँ भाडा दर देखिने ठाउँमा टाँस्न लगाएका छौँ र यात्रुलाई पनि नयाँ भाडा दरका बारेमा जानकारी गराएका छौँ ।”

सवारीधनीले ब्लाकको तेल हालेर सवारी चलाएको बताउँदै बढी भाडा दिए लैजाने नभए सवारीसाधनमा नचढाउने गरेको गुनासो पनि यात्रुको रहेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न सानाठूला सवारीसाधनलाई कारबाही गरी रु एकसय देखि एक हजार ५०० सम्म बढी भाडा दिएका यात्रुको भाडा फिर्ता गराएको छ । “भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धनको समस्या छ”, एक चालकले भने, “ब्लाकको इन्धन हालेर साबिकको भाडादरमा यात्रु बोक्दा उल्टै घाटा हुन्छ ।” रासस