६ कार्तिक २०८३, शुक्रबार

रामवरणले जिन्दगीभरी भीभीआईपी सुविधा पाउने, के–के पाउँछन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rambaran_Yadavकाठमाडाैं । राष्ट्रपति रामवरण यादवलाई सरकारले भीभीआईपी सुरक्षासहित काठमाडौंको भैंसेपाटी क्षेत्रमा सुविधासम्पन्न घरमा आवासको व्यवस्था गर्ने भएको छ।
मुलुकको पहिलो राष्ट्रपति यादवलाई सरकारले जीवनभर भीभीआईपी सुरक्षा, सेवा र सुविधा प्रदान गर्न लागेको हो। बुधबार नयाँ राष्ट्रपति चयन हुने भएकाले वर्तमान राष्ट्रपतिको आवास व्यवस्था गर्न सरकारले यादवको इच्छाअनुसार भैंसेपाटी क्षेत्रमा तत्कालका लागि भाडामा घर खोजिरहेको छ।
राष्ट्रपति यादवले नयाँ राष्ट्रपतिले शपथ लिएलगत्तै शीतल निवास छाड्ने तयारी गरेका छन्। तर सरकारले उनको आवासका लागि अझैसम्म नयाँ घर तय गरिनसकेकाले केही दिन ढिला हुन सक्ने बताइएको छ।
पूर्वराष्ट्रपतिको हैसियतमा यादवलाई सचिवालय, नेपाली सेनाको सुरक्षा, आवास सुविधासहित अन्य सुविधा सरकारले प्रबन्ध गर्नेछ। ‘केकति सेवासुविधा दिने भन्ने विषय निर्णय हुन बाँकी छ तर पूर्वराष्ट्रपतिलाई सबै सुविधा दिनेमा कुनै शंका छैन’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने ।
यादव निकट स्रोतका अनुसार उनले कुनै सेवामूलक सामाजिक संस्था खोलेर परोपकारी काम गर्ने मनस्थिति बनाएका छन्। अन्नपूर्ण पाेष्टमा खबर छ ।