कञ्चनपुर, ११ कात्तिक । महाकाली–सेती यातायात व्यवसायी समिति कञ्चनपुरले मङ्गलबारदेखि महेन्द्रनगर–काठमाडौँ रुटका लागि इन्टरनेट सुविधासहितको आरामदायी बस सेवा सञ्चालनमा ल्याएको छ ।
समितिका अध्यक्ष नवीन भट्टले ३७ सीट क्षमताको सो बसमा इन्टरनेट, हिटरसहित आरामदायी सिट रहेको बताउनुभयो ।
समितिको पहलमा गत महिना गड्डाचौकी नाकाबाट ना४ख ९५०२ र ना४ख ९४९८ नम्बरका गाडी भित्र्याइएका थिए । अध्यक्ष भट्टले तिहारपछि अन्य आठवटा बस ल्याइने बताउनुभयो ।
समितिका महासचिव विष्णुप्रसाद कँडेलले निकट भविष्यमा महेन्द्रनगरदेखि काकँडभिट्टा र दार्चुलासम्म ‘डिलक्स’ बस सेवा सञ्चालन गरिने जानकारी दिनुभयो । समितिले यसअघि महेन्द्रनगरदेखि काठमाडौँसम्म वातानुकुलित बस सञ्चालन गर्दै आएको छ । रासस















प्रतिक्रिया