काठमाडौं, ११ कात्तिक । चीनले नेपालमा जारी इन्धन संकट मुक्त गराउने बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्याङ्ले नेपाल सरकारले अनुरोध गरेबमोजिम इन्धन सहायता उपलब्ध गराएर इन्धन संकटबाट नेपाललाई मुक्त गराउन चीन तयार रहेको बताएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
‘नेपाललाई इन्धन उपलब्ध गराउने विषयमा अहिले हामी गहिरो संवादमा छौ’, चिनियाँ विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उनले भनिन्।















प्रतिक्रिया