काठमाडौँ, १० कात्तिक । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राज्यलक्ष्मी गोल्छाले पार्टीलाई एक रुपैँया पनि सहयोग नगरेको बताएका छन् ।
आफू सभासद् बनेपछि एमालेका नेताहरुलाई विभिन्न सहयोग गरेको भन्ने गोल्छाको आरोपको खण्डन गर्दै खनालले मंगलबार साँझ दैनिक नेपालसँग भने – ‘राज्यलक्ष्मीले पार्टीलाई एक रुपैँया पनि सहयोग गरेको जानकारी मलाई छैन् । राज्यलक्ष्मीसँग मेरो पैसाको बारेमा कुनै कुराकानी पनि भएको छैन् ।’
गोल्छा एमालेबाट समानुपातिक सभासद् बनेका बेला खनाल पार्टी अध्यक्ष थिए । गोल्छाले भने एमालेका तत्कालिन अध्यक्ष खनालले आफूसँग पाँच करोड रुपैँया मागेको भन्दै एउटा अनलाइनलाई अन्तरवार्ता दिएकी थिइन् । तर, उनले मंगलबार विज्ञप्ति जारी गर्दै आफूले भन्दै नभनेको कुरा मिडियामा आएको भन्दै दुःख व्यक्त गरेकी छिन् । सभासद् बन्नका लागि आफूले एमालेलाई पैसा नदिएको गोल्छाले प्रष्ट पारेकी छिन् ।















प्रतिक्रिया