१२ कार्तिक २०८३, बिहिबार

एमाले संसदीय दलको निर्णयः राष्ट्रपतिमा विद्या भण्डारीलाई जिताएरै छाड्छौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ, १० कात्तिक । नेकपा(एमाले) संसदीय दलको आजको बैठकले सत्ता गठबन्धनका तर्फबाट राष्ट्रपतिमा उम्मेदवार बन्नुभएका पार्टीका उपाध्यक्ष विद्यादेवी भण्डारीलाई विजयी तुल्याउन सबैले प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा बसेको उक्त बैठकले सरकारमा सामेल भएका र समर्थन गरेका सबै पार्टीका सांसदलाई अनिवार्य उपस्थित गराई राष्ट्रपतिका उम्मेदवार भण्डारीका पक्षमा मतदान गर्न/गराउन अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकपछि एमाले सांसद गुरुप्रसाद बुर्लाकोटीले प्रमुख तीन दलबीच सहमतिको अझै पनि खाँचो रहेकाले नेपाली काँग्रेसलाई आफ्नो उम्मेदवारी फिर्ता लिएर राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भर्खरै सम्पन्न सभामुखको निर्वाचनमा सत्तारुढ दलका उम्मेदवारले प्राप्त गरेको मतभन्दा हाम्रो राष्ट्रपतिको उम्मेदवारले बढी मत प्राप्त गर्नुहुने निक्र्योल बैठकले निकालेको छ ।” पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा सांसद रहनुभएका पार्टी पदाधिकारीसमेतको सहभागिता थियो । रासस