२२ कार्तिक २०८३, आइतबार

विद्या र केबीसँग नारायणमान एक्लै भिड्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

naryanman-maharjan

काठमाडौं, १० कात्तिक । नेपाल मजदुर किसान पार्टीका नेता नारायण महर्जनले व्यवस्थापिका संसदमा राष्ट्रपतिका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

भोली बुधबार हुने निर्वाचनका लागि उहाँले आज संसदमा राष्ट्रपतिका लागि उम्मेदवारी मनोनय दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा प्रेम सुवाल हुनुहुन्थ्यो भने समर्थकमा डिल्ली काफ्ले हुनुहुन्थ्यो ।

यसअघि नेकपा एमालेबाट विद्या भण्डारी र नेपाली कांग्रेसबाट केबी गुरुङले राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको थियो । कांग्रेस र एमालेका उम्मेदवारसँग जित्ने बहुमत देखिने आधार भएपनि नेमकिपाका नेता नारायण महर्जन भने बहुमत विनै जित्ने विश्वासका साथ प्रतिस्पर्धामा उत्रिएका हुन् ।