काठमाडौं, १० कात्तिक । प्रमुख प्रतिपक्षी तथा संसदको ठूलो दल नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवार छानेको छ ।
आज विहान राजधानीमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले व्यवस्थापिका संसदका जेष्ठ सदस्य तथा सांसद कुल बहादुर गुरुङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
केन्द्रीय सदस्य बालकृष्ण खाँडका अनुसार कांग्रेसले उपराष्ट्रपतिमा सिरहाबाट निर्वाचित सांसद अमिर कुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । संसद सचिवालयका अनुसार राष्ट्रपतिको निर्वाचन भोली बुधबार हुँदैछ भने उपराष्ट्रपतिको निर्वाचन कात्तिक १४ गते शनिबार हुँदैछ ।
यसअघि नेकपा एमालेले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो भने उपराष्ट्रपतिमा एमाओवादीले आफ्ना नेता तथा पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’लाई उम्मेदवार बनाइसकेको छ ।












प्रतिक्रिया