काठमाडौं, १० कात्तिक । नेकपा एमालेले राष्ट्रपतिका उम्मेदवार उपाध्यक्ष विद्यादेवी भण्डारीलाई समर्थन र सहयोग गर्न सबै राजनीतिक दल र साभासदहरुलाई अनुरोध गरेको छ ।
स्थायी कमिटीको २९ औं बैठकले कात्तिक ११ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेका तर्फका उम्मेदवार भण्डारीलाई राष्ट्रपति पदमा विजय सुनिश्चित गराउन सहयोग र समर्थनका लागि अनुरोध गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
‘पार्टीले व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल एवम् स्वतन्त्र सांसदहरूलाई सहयोग र समर्थनका लागि अनुरोध गर्ने निर्णय गरेको छ’ सचिव ज्ञवालीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।












प्रतिक्रिया