
काठमाडौं, १० कात्तिक । एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महरा पार्टीभित्र मात्रै होइन बाहिर पनि सालिन व्यक्तिका रुपमा चिनिन्छन् । सशस्त्र द्वन्द्वका बेला होस् वा अहिलेको राजनीतिक अवस्थामा होस् महराले कुशलताका साथ आफ्नो क्षमता देखाउने गरेका छन् ।
एकीकृत माओवादीभित्रको व्यक्तिवादी राजनीतिलाई छियाछिया रुपमा बुझेका महराले कुशलताका साथ जिम्मेवारी बहन गर्दै आएका छन् ।
अध्यक्ष पुष्पकमल दाहालसँग राजनीतिक, वैचारिक र सांगठनिक रुपमा नजिक मानिने महराले संस्थागत रुपमा एमाओवादीलाई थुप्रै गुन लगाएका छन् ।
महराका विषयमा भन्ने हो भने हालै मात्रै सभामुख पदमा सर्वसम्मत निर्वाचित ओनसरी घर्ती उहाँकै विद्यार्थी हुनुहुन्छ । ओनसरी घर्तीका पति तथा पूर्व अर्थमन्त्री एवम् सचिव वर्षमान पुन पनि महराले पढाएका नेता हुनुहुन्छ ।
एमाओवादीले उपराष्ट्रपतिमा उम्मेदवार बनाउन थालिएका पूर्व लडाकु कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ पनि तिनै महराले विद्यालयमा पठाएका चेला हुन् ।
नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्दलाई पनि महराले विद्यालयमा पढाएका थिए ।
पूर्व मन्त्री तथा माओवादी नेतृ जयपुरी घर्ती, माओवादी नेता कुलप्रसाद केसीलाई पनि महराले विद्यालयमा पढाएका थिए । उनले पढाएका विद्यार्थी सबै अहिले उच्च पद र स्थानमा पुगेका छन् ।
अघिल्लो संविधानसभा चुनावमा दाङबाट विजयी हुनु भएका महराले दोस्रो संविधानसभा चुनावमा भने गृह जिल्ला रोल्पाबाट विजयी हासिल गर्नुभएको हो ।












प्रतिक्रिया