काठमाडौं, १० कात्तिक । कांग्रेसले राष्ट्रपति उम्मेदवारका रुपमा पूर्वमहामन्त्री कुलबहादुर गुरुङलाई उठाउने भएको छ ।
कांग्रेस पदाधिकारीको सोमबार विहान बसेको बैठकले औपचारिक रुपमा उम्मेदवार तय गर्न बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई जिम्मेबारी दिएको छ ।
कांग्रेस महामन्त्री सिटौलाका अनुसार नेता द्धोयले अन्य राजनीतिक दलको परामर्शपछि उम्मेदवार तय गर्ने कान्तिपुर दैनिकले छापेको छ ।
त्यसरी तय गरेको उम्मेदवारलाई पार्टीले अनुमोदन गर्नेछ ।















प्रतिक्रिया