२२ कार्तिक २०८३, आइतबार

अपडेटः भूकम्पबाट मर्नेको संख्या एक सय नाघ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

110322-N-SB672-673

नयाँदिल्ली, ९ कात्तिक । सोमबार दिउँसो अफगानिस्तानमा गएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या एक सय नाघेको छ ।

प्रारम्भिक तथ्याङ्कअनुसार अफगानिस्तानमा ७६ र पाकिस्तानमा २४ जनाको मृत्यु भएको जनाइएको छ । भारतमा भने मृत्यु हुनेको संख्या बाहिर आएको छैन् ।

यता, अफगानिस्तानको टाखर प्रान्तस्थित विविहिजिरा छात्रा विद्यालयका १२ जना छात्राले भूकम्पमा परी ज्यान गुमाएको प्रान्तीय स्वास्थ्य विभाग प्रमुख नान्जिबुल्लाह कमावालले बताउनुभयो ।

यसैबीच बाग्लान, ताखर, जुनान, कुन्दुज र बादखसान प्रान्तमा कैयौँ अफगानी नागरिक भूकम्पका कारण घाइते भएका छन् भने सयौँ घर पूर्णरुपमा भत्किएका छन् ।

हजारौँ घरमा भूकम्पले आंशिक क्षति पु¥याएको अफगानिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार गएको भूकम्प ७.७ म्याग्निच्युडको भएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको थियो । तर, यसलाई पछि अमेरिकी उक्त संस्थाले ७.५ म्याग्निच्युडको भनी संशोधन गरेको छ ।