
काठमाडौं, ९ कात्तिक । प्रमुख सत्तारुढ दल नेकपा (एमाले)ले आज राष्ट्रपति निर्वाचनमा आफ्नातर्फबाट उम्मेदवार चयन गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केही समयपछि बस्ने स्थायी समिति बैठकले राष्ट्रपति उम्मेदवार छनौट गर्ने सचिव योगेश्वर भट्टराईले जानकारी दिनुभयो ।
‘स्थायी समितिको बैठक अहिले केही समयपछि बस्दैछ’, उहाँले भन्नुभयो, ‘पार्टीका वरिष्ठ नेताहरूबाटै राष्ट्रपतिको उम्मेदवार बनाउने बताउनुभयो ।
सचिव भट्टराईले राष्ट्रपति उम्मेदवारका लागि एमालेबाट वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष विद्यादेवी भण्डारी र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नाम चर्चामा रहेको बताउनुभयो ।
स्थायी समितिले यी तीन जना नेताहरूबाट उम्मेदवार बनाउन सक्ने उहााले उल्लेख गर्नुभयो ।












प्रतिक्रिया