२२ कार्तिक २०८३, आइतबार

नागरिकता र सिमाङ्कनको माग पूरा होला ?, आज सरकार र मधेसी मोर्चाबीच वार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morcha (2)काठमाडौं, ८ कात्तिक । मुलुकमा नाकाबन्दी लगाएर दैनिक जीवन अस्तव्यस्त बनाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सरकारी वार्ता टोलीले आज वार्ता गर्दैछ ।

सिंहदरबारस्थित परराष्ट्रमन्त्रालयमा दिउँसो एक बजेपछि हुने वार्तामा मधेसी मोर्चाले राखेका नागरिकता, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, सिमाङ्कनलगायतका विषयमा छलफल हुनेछ ।

मधेसी मोर्चाले आफूले उठाएका माग सम्बोधन नभएसम्म नाकाबन्दीको कार्यक्रम यथावत राख्ने जनाएको छ । मधेसी मोर्चाको आन्दोलनलाई देखाएर भारत अघोषित रुपमा नाकाबन्दी लगाएको छ ।

नाकाबन्दीलाई हटाउन नेपाल सरकारले भारतसँग कुटनीतिक र राजनीतिकमाध्यमबाट पटक पटक गरेको आग्रहलाई भारतले सुनेको छैन ।