२२ कार्तिक २०८३, आइतबार

उम्मेदवार चयनको जिम्मेवारी कांग्रेस पदाधिकारीलाई, भारतलाई फकाउन सुझाव

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress NC Meetingकाठमाडौं, ७ कात्तिक । नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गर्नुका साथै उम्मेदवार चयनको जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको छ ।

नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारी चयन गर्ने जिम्मेवारी पदाधिकारीलाई दिने निर्णय गरेको हो । पार्टीको अर्को बैठकले उम्मेदवारसम्बन्धी निर्णय गर्नेछ ।

बैठकले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गरेका सबै दलसँग परामर्श गरेर अगाडि बढ्ने निर्णय गरेको प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।

व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिँदै बैठकले अल्पसंख्यक, आदिवासी, जनजाति, पिछडावर्ग, महिला, दलित, मुस्लिमलगायतको अधिकार सुनिश्चित गर्न संशोधन अपरिहार्य भएको ठहर कांग्रेसले गरेको बडूले जानकारी दिनुभयो ।

नेपाल–भारत सीमा नाकामा उत्पन्न अवरोध कुटनीतिक माध्यमबाट तत्काल अन्त्य गर्न सरकारलाई सुझाउँदै बैठकले देशभर देखिएको अत्यावश्यक वस्तुको अभाव हटाउनुपर्ने आवश्यकता औँल्याएको छ ।