काठमाडौं, ७ कात्तिक । नयाँ संवैधानिक व्यवस्थाअनुसार व्यवस्थापिका–संसदमा आज (शनिबार)देखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया प्रारम्भ हुँदैछ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरु गर्न आज अपराह्न ३ बजे संसद् बैठक बस्दैछ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने र संसद् सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोक्ने बैठकको कार्यसूची छ ।
‘सहमतिका माध्यमबाट दुवै पदपूर्ति गर्न सदनले राजनीतिक दलहरूलाई कात्तिक ८ गते आइतबारसम्म समय दिने र त्यसो नभए १० गते मङ्गलबार निर्वाचनको मिति निर्धारण हुने प्रबल सम्भावना छ’, संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले बताउनुभयो ।
राष्ट्रपति र उपराष्ट्रपति सहमतिमा चयन नभएर निर्वाचन भएमा उम्मेदवारले प्रचारप्रसारका निम्ति कात्तिक ९ गते समय समेत पाउन सक्ने सम्भावनालाई उहाँले नकार्नुभएन । ती दुवै पदमा गोप्य मतदान हुने व्यवस्था संविधानले गरेको छ ।












प्रतिक्रिया