२२ कार्तिक २०८३, आइतबार

दसैँको टीकाको दिन यसरी दुई महिलाले ज्यान दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suside-manधनगढी, ६ कात्तिक । कैलाली जिल्लामा बिहीबार दुई महिलाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–३ की २४ वर्षीया गीता सार्कीले आफ्नै घरको कोठामा झुन्डिइ आत्महत्या गरेकी छन् ।

मृतक सार्कीको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल पुर्‍याइएको छ ।

यसैगरी, उर्मा गाविस–७ की ४० वर्षीया तारादेवी बूढामगरले घर नजिकैको रुखमा झुन्डिइ आत्महत्या गरेकी छन् । प्रहरीले यी घटनाका सम्बन्धमा अनुसन्धान थालेको छ । रासस