काठमाडौँ, ५ कात्तिक । विजयादशमीको उपलक्ष्यमा आज राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा टीका र जमरा प्रदान गर्नुभयो ।
राष्ट्रपति यादवबाट बिना विभागीय मन्त्री विश्वेन्द्र पासवान, सशस्त्र प्रहरी वलका महानिरीक्षक कोषराज वन्त, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, गैरआवासीय नेपाली सङ्गठनका अध्यक्ष शेष घलेलगायतले पनि टीका लगाउनुभयो । रासस
राष्ट्रपति डा रामवरण यादवले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नीलाई विजया दशमीको टीका र जमरा प्रदान गर्नुहुँदै । तस्बिर: रत्न श्रेष्ठ, राससराष्ट्रपति डा रामवरण यादवले राष्ट्रपति भवन शीतल निवासमा विहीबार विहान १०ः५५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्याल र पण्डित शङकरप्रसाद सिग्द्यालबाट विजया दशमीको टीका लगाउनुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस
प्रतिक्रिया