१ कार्तिक २०८३, शनिबार

भैरहवाको बेलहिया नाका खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhairahawa-Nakaरुपन्देही, ४ कात्तिक । भारतीय नागरिक कुटपिटको विषयलाई मंगलबार रातिदेखि ठप्प रुपन्देहीको बेलहिया नाकाको अवरोध हटेको छ ।

बुधबार दिउँसो नेपाल भारतका अधिकारीबीचको छलफलबाट दोषीलाई कारवाही गर्ने सहमति भएपछि आज दिउँसोबाट नाकाको अवरोध हटेको रुपन्देहीका डीएसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

यसअघि मदिरा सेवन गरी आफ्ना दुई जना नागरिक कुटिएको विरोधमा भारतीय पक्षले बेलहिया नाका ठप्प पारेको थियो । नाकामा अवरोध हुँदा भारतबाट नेपाल आउने पैदल यात्री बाहेक सवारी साधन ठप्प भएका थिए ।