काठमाडौं, ३ कात्तिक । दसैं मनाउन घर फर्कनेको सहजताका लागि नाकाबन्दीका बेला लामोदुरीका सवारीसाधनलाई सहज इन्धन उपलब्ध गराएसँगै उपत्यका छाड्नेको संख्या दैनिक बढिरहेका छन् ।
इन्धन सहजतापछि घटस्थापनायता घर फर्कनेको संख्या दुई गुणा बढेको नागरिक दैनिकले छापेको छ ।
घटस्थापना अघि राजधानीबाट बाहिरिनेको संख्या करिब ३० हजार जति थियो ।
अहिले दैनिक ७५ हजरा बढी यात्रु घर बाहिरिरहेका छन् ।















प्रतिक्रिया