६ कार्तिक २०८३, शुक्रबार

भारतले नदिएपछि नेपालद्वारा चीनसँग इन्धन संकट हल गर्न औपचारिक अनुरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

China_flagकाठमाडौं, ३ कात्तिक । सरकारले मुलुकमा देखिएको इन्धन संकट हल गर्न आवश्यक पट्रोलियम पदार्थ उपलब्ध गराइदिन चीन सरकारसँग औपचारिक अनुरोध गरेको छ ।

भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ नेपाल भित्रन नसकेपछी सरकारले विकल्पका रुपमा उत्तरी छिमेकीलाई सडकमार्गबाट पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन अनुरोध गरेको हो ।

पोस्टका अनुसार परराष्ट्र मन्त्रालयले काठमाडटं स्थित चिनियाँ दुतावासलाई तत्कालका लागि इन्धन उपलब्ध गराइदिन लिखित आग्रह गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

वाणिज्य, अर्थ र पररराष्ट्र मन्त्रालयका अदिकारीहरुबीच भएको उच्चस्तरीय बैठकपछि यस्तो आग्रह गरिएको हो ।

वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाले परराष्ट्र मार्फत चीन सरकारलाई अनुरोध गरिएको बताए ।

आइतबार एमाले अध्यक्ष झलनाथ खनालसँगको भेटमा चिनियाँ राजदुत ऊ चिन्ताईले तिब्बतको सिगात्सेबाट पेट्रोलियम पदार्थ नेपाललाई आपुर्ति गर्न तयार रहेको बताएका थिए ।

सडकमार्गबाट इन्धन आपुर्तिका लागि भनिए पनि मुख्य दुई नाका तातोपानी र रसुवागढि नाका पूर्णरुपमा संचालनमा आउन नसकेकाले कठिनाइ उत्पन्न हुनसक्ने देखिएको छ ।