११ कार्तिक २०८३, बुधबार

महोत्तरीमा दिउँसै भूत देखिएपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhutमहोत्तरी, १ कात्तिक । महोत्तरीको सोनामाई मन्दिरमा आजदेखि ‘भूत मेला’ सुरु भएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी (दसैँको पाँचौ दिन) को दिनदेखि महोत्तरीको सोनामाई गाविसमा अवस्थित प्राचीन सोनामाई भगवतीको मन्दिरको प्राङ्गणमा भूतप्रेतबाट पीडित रहेकालाई मन्त्रविधिद्वारा सो मेलामा उपचार गर्ने गरिन्छ ।

वर्षभरिमा भूतप्रेत लाग्ने जस्ता समस्याबाट पीडितहरु माताको मन्दिरमा आएर धाँमीझाक्रीबाट झारफुक गराउँदा निको हुने जनविश्वासअनुसार त्यहाँ प्रत्येक वर्ष दसैँमा निकै ठूलो मेला लाग्दै आएको छ ।

सो मेलामा महोत्तरीको विभिन्न भागको साथै सर्लाही, धनुषा, सिरहालगायत सीमावर्ती भारतीय क्षेत्रबाट पनि त्यस्ता बिरामी उपचारका लागि आउने गरेको पाइन्छ । त्यहाँ आउने बिरामीलाई धाँमीले रातभरि नै उपचार गर्ने गर्दछन् ।

एक बेग्लै आस्था बोकेको सो मन्दिरमा दसँैको पञ्चमीदेखि सुरु भई नवमी तिथिसम्म मेला रहन्छ । रासस