गौशाला, १ कात्तिक । आज बिहान सबेरै लुकाएर ल्याउँदै गरेको ६५ क्विन्टल दाउरा महोत्तरीको सरपल्लो गाविसमा आन्दोलनकारीले खोसेर जलाइदिएका छन् ।
औरहीबाट स्थानीय व्यापारी केवल साहले ज१त ७१२५ नम्बरको ट्र्याक्टरमा राखी जलेश्वरतर्फ लैजाँदै गरेको सो परिमाणको दाउरा सरपल्लो गाविस–३ स्थित सडकमा आन्दोलनकारीले बिहान ३ बजे जलाइदिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोधपुछका क्रममा साहले दाउरा प्रहरीको भएको बताएपछि आन्दोलनकारीले ती सबै दाउरा बाटोमा झारेर आगो लगाइदिएका थिए । साथै उनीहरुले ट्र्याक्टर तोडफोडसमेत गरेका प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताउनुभयो ।
प्रहरीले ती दाउरा कारागार कार्यालय जलेश्वरका लाागि ल्याइँदै गरेको जनाएको छ । यता, जलेश्वर कारागारका जेलर शोभेन्द्र ठाकुरले ती दाउरा आफूहरुको नरहेको र व्यापारी साहले झूठो बोलेको प्रतिक्रिया दिनुभएको छ । रासस















प्रतिक्रिया